दफा २२७
अंश शोधभर्ना गर्नु पर्ने

कुनै अंशियारको अंश भागमा परेको कुनै सम्पत्ति कानून बमोजिम अंशियारको हक नपुग्ने भई निजले भोग गर्न नपाएमा त्यसबराबरको सम्पत्ति सबै अंशियारबाट समानुपातिक हिसाबमा शोधभर्ना गर्नु पर्नेछ ।